08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कारागारमा भएको झडपमा ७५  जनाको मृत्यु, केही घाइते




कारागारमा भएको झडपमा ७५  जनाको मृत्यु, केही घाइते

एजेन्सी । इक्वेडरमा छुट्टाछुट्टै तीन वटा कारागारमा भएको झडपमा कम्तिमा ७५  जनाको  ज्यान गएको छ भने केही घाइते भएका छन् ।
मंगलबार विरोधी समूहबीच झडप हुँदा ७५ जनाको ज्यान गएको र केही घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । चक्कु र गोली प्रहारबाट यति धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इक्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा हिजो रातिको समयमा झडप भएको हो ।  ८ सय प्रहरीको मद्दतमा प्रशासनले  कारागारलाई आफ्नो नियन्त्रणमा लिएको छ । एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप सुरु भएको खबरमा उल्लेख गरिएको छ । 



Related News


यसमा तपाइको मत


Comments