13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारत–पाकिस्तान सेनाबीच नियन्त्रण रेखामा सङ्घर्ष विराम गर्ने सहमित




भारत–पाकिस्तान सेनाबीच नियन्त्रण रेखामा सङ्घर्ष विराम गर्ने सहमित

एजेन्सी । भारत र पाकिस्तानका सेनाबीच दुवै पक्ष वास्तविक नियन्त्रण रेखा (एलओसी) र अन्य क्षेत्रमा २४–२५ फेब्रुअरीको मध्यरातिदेखि सङ्घर्ष विराम गर्ने विषयमा सहमति भएको छ । भारत र पाकिस्तानको तर्फबाट नियन्त्रण रेखामा लगातार सङ्घर्ष विरामको उल्लङ्घन भइरहेको अवस्थामा दुवै देशको सेनाका डीजीएम (सैन्य अभियानका महानिर्देशक) बीच यस विषयमा कुराकानी भएको हो ।

सङ्घर्ष विरामको उल्लङ्घनका कारण दुवैतर्फको नियन्त्रण रेखा नजिकका गाउँ पूर्णरुपमा प्रभावित भइरहेका थिए ।  दुवै देशका सेनाले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘दुवै पक्षले नियन्त्रण रेखा र अन्य क्षेत्रमा सबै सम्झौता, आपसी समझदारी र सङ्घर्ष विरामलाई २४–२५ फेब्रुअरीको मध्यरातिदेखि कडा रुपमा पालना गर्नेछन् ।’ दुवै देशका सेनाले कुराकानीका क्रममा नियन्त्रण रेखा र अन्य क्षेत्रको परिस्थितिका बारेमा छलफल गरेका छन् । 



Related News


यसमा तपाइको मत


Comments