14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशका पहाडि केही भूभागमा मेघगर्जनसहित पानी पर्न सक्ने सम्भावना




देशका पहाडि केही भूभागमा मेघगर्जनसहित पानी पर्न सक्ने सम्भावना


काठमाडौं, १४ फागुन । देशको पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अबको ३ दिनसम्म वाग्मती, गण्डकी, प्रदेश १ लगायत प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

यस्तै आज वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने र अरु ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ । 

 

मौसम विश्लेषण (Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ। तराईका थोरै भू-भागहरूमा हस्सु / कुहिरो लागेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान

 फाल्गुन १४ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ

राती  प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

 फाल्गुन १५ गते (शनिबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ

राती :  देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक – दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

 फाल्गुन १६ गते (आइतबार)

दिउँसो :  प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

 

राती :  प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षा साथै सो प्रदेशहरूका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

 




यसमा तपाइको मत


Comments