05 Baishak, 2081 / 17 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

५ सयले घट्यो सुनको भाउ




५ सयले घट्यो सुनको भाउ

काठमाडौं, १४ फागुन । शुक्रबार सुनको भाउमा गिरावट आएको छ । शुक्रबार सुनको भाउ ५ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रू। ८८ हजार ८०० मा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रू.८९ हजार ३०० मा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ७५० मा कारोबार भएको थियो । यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीवार प्रतितोला रू। एक हजार ३५५ मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला रू। एक हजार ३३५ खरीदविक्री भइरहेको छ । 



Related News


यसमा तपाइको मत


Comments