12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घमेश दुलाल र प्रविष अधिकारीको ‘बनमा खयर’ लोकदोहोरी ’(भिडियोसहित)




घमेश दुलाल र प्रविष अधिकारीको ‘बनमा खयर’ लोकदोहोरी ’(भिडियोसहित)


काठमाडौं, १५ फागुन । लोक दोहोरी क्षेत्रमा एक छत्र राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्रोता तथा दर्शकले रेडियोमा कान थाप्नु पर्थ्यो कि युटुवमा खोज्न थाल्नुपर्थ्यो ।

उनका शुभचिन्तकको मनमा लागेथ्यो अब घमेश दुलालका नयां गीत आउने छैन्न । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीत हरुले स्रोता तथा दर्शकको मनमा अड्डा जमाएर बसीरहेका छन् ।

गुमनाम जस्तै भएका गायक घमेशको जिवनले कोल्टे फेरेको छ, पछिल्लो समयमा उनी हरेक दिन जसो नयाँ सृजनामा तल्लिन छन् केहि समय अगाडी देखि चाडपर्व केन्द्रित लोक गितहरु गर्दै आएका घमेश दुलाल  लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका  छन् । काठमाडौंको मुटु अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल  रेकर्डिङ स्टुडियो संचालमा ल्याएका छन् , यसकै उपज हो ११ वर्ष पछिको उनको पुनरागमन सहितको नयां लोक दोहोरी गीत ‘वनमा खयर’ ।

‘वनमा खयर’ मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । चर्चीत रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियो नेपालमा गीत गाउंदा समय देखिका दौंतरी समेत हुन् । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले एरेन्जर गरेका हुन् । 

डिएआर मुभिजको अफिसियल च्यानलबाट दर्शक तथा स्रोता माझ आउन लागेको गीतको भिडियोमा निकै मिहेनत गरीएको डिएआर मुभिजका राजाराम गौतमले बताए । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । सोलुखुम्बुको रमणिय स्थलमा भिडियो छायांकन गरीएको डीएआर मुभिजका विवेक चौलागाईले बताए ।

केही समय अगाडि ‘भुल’ लोक दोहोरी गीत मार्फत घमेश दुलाल आउने चर्चा भएको थियो , भुलमा लोकप्रिय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकि छन् । उक्त गीतको सुटिङ गर्न उपयुक्त समयको पर्खाईमा रहेकाले वनमा खयर त्यो भन्दा अगाडि आएको एक्सन स्टुडियोका सञ्चालक तथा गायक , सर्जक श्याम धितालले बताए । यसपछि पनि उनका लगातार गीत आउने तयारीमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

 

 




यसमा तपाइको मत


Comments