08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हाइटीको जेलबाट २००  कैदी भागे, भाग्ने क्रममा झडप हुँदा २५ को मृत्यु




हाइटीको जेलबाट २००  कैदी भागे, भाग्ने क्रममा झडप हुँदा २५ को मृत्यु


एजेन्सी । हाइटीमा जेलबाट २०० भन्दा बढी कैदी भागेका छन्। भाग्ने क्रममा भएको झडपमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिएका छन्।

जेलमा झण्डै ४०० कैदी रहेका थिए। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उनले बताएका छन्।

झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन्। उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको बताइएको छ।

 



Related News


यसमा तपाइको मत


Comments