15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले दियो स्वीकृति




जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले दियो स्वीकृति


एजेन्सी । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले आधिकारिक रुपमा स्वीकृति दिएको छ। अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो । अमेरिका यो खोपलाई स्वीकृति दिने विश्वको पहिलो मुलुक हो। अब फाइजर तथा मोदेर्नाकोसँगै अमेरिकामा तेस्रो खोपलाई पनि प्रयोगको अनुमति मिलेको छ। यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्छ।

एक पटक मात्रै दिए पुग्ने र आम रुपमा रेफ्रिजिरेटरमा स्टोर गर्न सकिनु यो खोपको सबैभन्दा विषेश र महत्वपूर्ण पक्ष हो। फाइजर तथा मोदेर्ना खोप दुई पटक दिनु पर्छ तथा भण्डारणका लागि पनि डिपफ्रिजरको आवश्यकता पर्छ।

जोन्सन एण्ड जोन्सनको खोप निकै सस्तो हुने अनुमान पनि गरिएको छ। तर अहिलेसम्म खोपको मूल्यबारे भने जानकारी गराइएको छैन।यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप अहिले सर्वसाधारणलाई लगाउने क्रम जारी छ।

जोन्सन एण्ड जोन्सनले गएको जनवरीमा खोपबारे मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको थियो। खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको जोन्सन एण्ड जोन्सनले गरेको परीक्षणमा देखिएको थियो ।

अमेरिका, दक्षिण कोरिया तथा ब्राजिलमा भएको परीक्षणमा प्रभावकारिता उस्तै देखिएको थियो। जोन्सन एण्ड जोन्सनको खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत तथा समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको हो।



Related News


यसमा तपाइको मत


Comments