16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साइबर व्यूरोको लोगो राखेर नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ




साइबर व्यूरोको लोगो राखेर नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ


काठमाडौं, १६ फागुन । साइबर ब्यूरोको लोगो दुरूपयोग गरी नक्कली फेसबुक पेज बनाएको आरोपमा रूपन्देहीबाट एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर ६ बसोबास गर्दै आएका १८ वर्षीय प्रज्वल पोख्रेल रहेका छन् । 

उनले फेसबुक पेज खोलेर पेजको म्यासेन्जरबाट कुराकानी गर्ने गरेका थिए। उनले प्रहरीको छबिलाई बदनाम गर्ने र संगठनप्रति आस्थावान आम नागरिकहरूलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरेको आरोप छ।

ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नविन अर्यालका अनुसार पोख्रेललाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको पाइएको प्रहरीको भनाइ छ।




यसमा तपाइको मत


Comments