16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यातायातका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाले पाए सफाइ 




यातायातका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाले पाए सफाइ 

काठमाडौं, १६ फागुन । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित आठ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा आइतबार विशेष अदालतले सुनुवाइ गर्दै दुई जनालाई मात्रै आंशिक दोषी ठहर गरेको हो।
अख्तियारले १० जनाविरुद्ध परीक्षाको परिणाम हेरफेर गरेको भन्दै मुद्दा दायर गरेको थियो।

चालक लाइसेन्सका लागि लिइने ट्रायलमा फेल भएका व्यक्तिलाई पैसा लिएर पास गराएको र पास भएका व्यक्ति भने फेल भएको अख्तियारको मुद्दामा उल्लेख थियो। आइतबार न्यायाधीश बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले आठ जनालाई निर्दोष ठहर गरेको हो।

मेकानिकल इन्जिनियर श्याम केसीलाई छ महिना कैद र १० हजार रुपैयाँ जरिवाना र कम्प्युटर अपरेटर लक्ष्मन तिवारीलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको छ।
 तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, अधिकृत ईश्वरराज रेग्मी, अधिकृत भुपराज ढकाल, अधिकृत शिवप्रसाद सुवेदी, अधिकृत शालिग्राम पौडेल, अधिकृत बिष्णुप्रसाद सुवेदी, नासु लेखनाथ भुसाल र कम्प्युटर अपरेटर बिज्ञान खड्गीलाई अदालतले सफाइ दिएको छ।




यसमा तपाइको मत


Comments