13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आजबाट प्रि–मनसुन शुरु




आजबाट प्रि–मनसुन शुरु

काठमाडौं, १७ फागुन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि प्रि–मौसम शुरु भएको छ ।  महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन शुरु भएको हो । 
महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग,  हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ । यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । 
यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

प्रि-मनसुन मौसम बुलेटिन ( Pre–Monsoon Weather Bulletin )

( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )

यो वर्षको जाडोयाम ( Winter Season) आजबाट समाप्त भई आज (२०७७/११/१७, २०२१ मार्च १) बाट प्रि-मनसुन सिजन ( Pre-monsoon Season ) प्रारम्भ हुन लागेको जानकारी गराइन्छ।

यो सिजनमा अपरान्ह र साँझ तिर मेघगर्जन / चट्याङ्गको सम्भावना रहनुको साथै हावाहुरी र असिना-पानीको सम्भावना पनि रहन्छ।

 यस्तो मौसममा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना-पानी बाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखा सबैमा अनुरोध गर्दछ।

 




यसमा तपाइको मत


Comments