14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा ४०० रुपैयाँले बढ्यो सुन




तोलामा ४०० रुपैयाँले बढ्यो सुन

काठमाडौं, १७ फागुन । सुनको मूल्य, सोमबार तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। साताको पहिलो कारोबार दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेर प्रतितोला ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। फागुन ११ गतेदेखि फागुन १६ गते, आइतबारसम्ममा सुन तोलामा एक हजार ८०० रुपैयाँले गिरावट भएको थियो।

यसैगरी सोमबार चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो साताको बिहीबारबाट यस साताको आइतबारसम्ममा चाँदी प्रतितोला ३० रुपैयाँले घटेको थियो। सो दिन चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँ तोकिएको थियो।




यसमा तपाइको मत


Comments