07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा सचिवालय बैठक बोलाउने निर्णय




नेकपा प्रचण्ड–नेपाल समूहद्वारा सचिवालय बैठक बोलाउने निर्णय


काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । 

 नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 
बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
उनले भने, ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामिले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामिले अनुरोध गरेका छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै मान्य नहुने प्रवक्ता श्रेष्ठले बताए । 




यसमा तपाइको मत


Comments