12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना खोपले अस्पताल भर्ना हुने क्रम ८० प्रतिशतले घटायो




कोरोना खोपले अस्पताल भर्ना हुने क्रम ८० प्रतिशतले घटायो


एजेन्सी । कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोपको पहिलो डोजले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था ८० प्रतिशतले घटाएको पाइएको छ ।

इंग्ल्याण्डमा गरिएको अध्ययनमा खोपको पहिलो डोजका कारण अस्पताल भर्ना हुने दरमा ८० प्रतिशत भन्दा बढिले कमी आएको हो ।

खोप लगाएको तीनदेखि चार हप्तामा त्यसको प्रभाव देखिएन थालेको पब्लिक हेल्थ इंग्ल्याण्डको तथ्यांकमा देखिएको छ ।

खोपको पहिलो डोज सबैभन्दा पहिले पाएका ८० वर्ष भन्दा माथिका व्यक्तिमा यस्तो देखिएको हो । सरकारी वैज्ञानिकहरुले प्रतिवेदनको स्वागत गर्दै पूर्ण प्रभावकारिताका लागि दुवै डोज लगाउनु पर्नेमा जोड दिएका छन् ।

गएको हप्ता स्कटल्याण्डका स्वास्थ्य अधिकारीले पनि यस्तै तथ्यांक सार्वजनिक गरेका थिए । खोपको प्रभावकारिताले उत्साहित बनाएको उनीहरुले बताएका छन् ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट हान्ककले खोपको प्रभावकारिता सम्बन्धी पछिल्लो तथ्यांक निकै बलियो रहेको बताएका छन्।



Related News


यसमा तपाइको मत


Comments