15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पार्टीकाे अधिकारिकताका विषयमा समस्या हुँदैनः नेपाल 




पार्टीकाे अधिकारिकताका विषयमा समस्या हुँदैनः नेपाल 

मोरङ, १८ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका अध्यक्ष  माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । प्रेस सङ्गठन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताए । उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गर्दै पार्टीका अधिकारिकताका विषयमा समस्या नहुने विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए । 
 




यसमा तपाइको मत


Comments