08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 सभामुखद्वारा प्रतिनिधिसभा बैठक कक्षकोअवलोकन    




 सभामुखद्वारा प्रतिनिधिसभा बैठक कक्षकोअवलोकन    

काठमाडौं, १८ फागुन । प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले तयारीको बारेमा जानकारी लिएका छन् । 
सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर सभामुख सापकोटाले बैठकको तयारी, सभाकक्षको अवस्थालगायतका विषयमा आवश्यक जानकारी लिएका हुन् । 

May be an image of one or more people and indoor
    
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन् । सो अवसरमा सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने जानकारी दिए । उनले सम्बद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताए । 

सर्वोच्च अदालतको फैसलालाई जनप्रतिनिधिमूलक संस्थाको सर्वोच्च निकायको तर्फबाट खुशी र गौरवको विषय भन्दै उनले संसद् अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । केही समय संसद् अवरुद्ध भएकाले खल्लो महसुस भए पनि अहिले सबैमा उत्साह जागेको बताए । 

May be an image of one or more people, people standing and text that says "प्रतिनिधि सभा बैठकको तयारीको सिलसिलामा सम्माननीय सभामुख अगिनप्रसाद सापकोटा, महासचिव भरत गौतम सचिव गोपालनाथ योगी अन्य कर्मचारीहरु संघीय संसद बैठकको निरीक्षणमा। फोटो: कौशल रत्न बज्ाचार्य/ संघीय संसद सचिवालय,सिंहदरबार, काठमाण्डौ, नेपाल"सो अवसरमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम, सङ्घीय संसद् सचिवालयका कर्मचारी एवं सञ्चारकर्मीको उपस्थिति थियो । 

May be an image of 1 person, standing and indoor




यसमा तपाइको मत


Comments