13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नाभाल्नीमाथि विष आक्रमणः अमेरिकाद्वारा रुसी उच्च अधिकारीमाथि प्रतिबन्ध




नाभाल्नीमाथि विष आक्रमणः अमेरिकाद्वारा रुसी उच्च अधिकारीमाथि प्रतिबन्ध

एजेन्सी । विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयासको विषयलाई लिएर अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।

नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको निष्कर्ष गुप्तचर निकायको रहेको अमेरिकाले बताएको छ । नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले रुसका सात शीर्ष अधिकारी तथा रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ फर्ममाथि प्रतिबन्ध लगाएको हो । नाभाल्नीमाथि भएको आक्रमणले रुसले रसायनिक हतियारको प्रयोग गर्ने गम्भीर क्रमलाई देखाएको र त्यो चिन्ताजनक रहेको एक अमेरिकी अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सन् २०१८ मा रुसी निर्वासित एजेन्ट तथा उनकी छोरीमाथि पनि इंग्ल्याण्डको सलिस्बरीमा विष आक्रमण भएको थियो । अमेरिकाले लगाएको प्रतिबन्ध अनुसार प्रतिबन्ध लागेका अधिकारीको अमेरिकामा रहेको सम्पती फ्रिज भएको छ । प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय एफएसबीका प्रमुख एलेक्जान्डर बार्ट्निकोभ तथा रक्षा उपमन्त्री एलेक्सी क्रिभोरोच्को र पावेल पोपाभ रहेका छन् । नाभाल्नीलाई हाल रुस सरकारले जेलमा राखेको छ ।



Related News


यसमा तपाइको मत


Comments