11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

म्यानमारमा एकैदिन कम्तीमा ३८ प्रदर्शनकारी मारिए 




म्यानमारमा एकैदिन कम्तीमा ३८ प्रदर्शनकारी मारिए 

एजेन्सी । म्यानमारमा सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन् । बुधबार प्रदर्शनमा सहभागी भएका ३८ जनाको ज्यान गएको हो । फेब्रुअरी १ मा आङ साङ सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सेनाले सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा बुधबार सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको हो ।

प्रदर्शनकारीमाथि भएको ज्यादती तथा बल प्रयोगलाई संयुक्त राष्ट्रसंघले निन्दा गर्दै बुधबारको दिन रक्तपातपूर्ण रहेको उल्लेख गरेको छ ।

म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय दूत क्रिष्टिन श्रेनर बर्गनरले ज्यादतीका गम्भीर भिडियोहरु आइरहेको बताएकी छन् । सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर र लाइभ बुलेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

म्यानमारभर सैनिक शासकविरुद्ध प्रदर्शन तथा अवज्ञाहरु भइरहेका छन् । प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि सहभागी भएका छन् । प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र सुकीसहितका निर्वाचित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छन् ।

बुधबारको प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा ३८ जनाको ज्यान गएपछि बेलायतले सो विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक शुक्रबारका लागि बोलाएको छ ।

म्यानमारमा हालसम्म कम्तीमा ५० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।



Related News


यसमा तपाइको मत


Comments