13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देउवा भन्छन्,‘म प्रधानमन्त्रीको दौडमा छैन’




देउवा भन्छन्,‘म प्रधानमन्त्रीको दौडमा छैन’

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै सभापति देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताए । 
प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने प्रधानमन्त्रीको रेसमा नभएको उनले स्पष्ट पारे।

‘नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको पनि देउवाले बताए।
नेकपाको दाहाल–नेपाल समूहले कांग्रेससँग मिलेर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको चर्चा भइरहेका बेला कांग्रेस सभापति देउवाले भने आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन्।




यसमा तपाइको मत


Comments