16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कम्युनिष्टहरू बिग्रिन थाले भने कुहिएको अण्डा झैं दुर्गन्धित हुन्छन्ः प्रचण्ड 




कम्युनिष्टहरू बिग्रिन थाले भने कुहिएको अण्डा झैं दुर्गन्धित हुन्छन्ः प्रचण्ड 

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलन एउटा वैज्ञानिक आन्दोलन भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलन कुनै रुढीवादी कूसंस्कृतिको आन्दोलन नभएको बताए । 
कम्युनिष्ट आन्दोलनमा समाजमा रहेका गलत प्रवृत्ति पनि प्रवेश गर्ने र गलत र राम्रो बीचमा निरन्तर संघर्ष चल्ने अध्यक्ष प्रचण्डको भनाई थियो । उनले कम्युनिष्टहरू एकदमै राम्रा हुने र ती बिग्रिन थाले भने कुहिएको अन्डा झैं दुर्गन्धित हुने बताए । 

उनले अहिले केपी ओली त्यस्तै प्रकारको अन्डा भएको बताए । उनले भने ‘एकचोटी माउत्सेतुङले बिग्रेका कम्युनिष्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो । अन्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ । धेरै चिज प्राप्त हुन्छ । तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन ।’

अध्यक्षले सो कार्यक्रममा विप्लवसँग असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै भन्नुभयो, ‘उहाँ अन्ततोगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, यसअर्थमा म उहाँलाई धन्यवाद दिन चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उनलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।’

उनले अगाडि भने, ‘मैले जहाँसम्म उहाँलाई बुझेको छु, चिनेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले नै भनेको थिएँ, जतिबेला उहाँ अलग्गिनु भएको थियो । मैले भनेको थिएँ– अर्को प्रचण्ड अहिले हुँदैन । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो, त्यसकारण म उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’




यसमा तपाइको मत


Comments