08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आजदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड एक हप्ता दिउँसो बन्द




आजदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड एक हप्ता दिउँसो बन्द

काठमाडौं, २३ फागुन । आजदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामको बाँकी काम गर्नका लागि आजदेखि २९ गतेसम्म बिहान साढे  १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी नै आवागमन बन्द गरिने आयोजनाले जनाएको छ ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाले सूचना निकालेर सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । आयोजनाका इञ्जिनियर सबिना रानाभाटले अत्यावश्यक सेवाबाहेक सबै गाडीको आवागमन रोकिने जानकारी दिए । 
गएको असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गर्न लागिएको हो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सडक मर्मतका गर्ने क्रमममा नारायणढतर्फबाट गएका गाडीलाई जलबिरेमा र मुग्लिङतर्फबाट आएका गाडीलार्ई शान्तिबजारमा रोकिने छ ।

आयोजनाले सडक मर्मत गर्ने अवधिमा  वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ । 
 




यसमा तपाइको मत


Comments