08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप 




आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप 


काठमाडौं, २३ फागुन । सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दोस्रो चरणअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको हो । 
खोपको उपलब्धता र जोखिमको आधारमा आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिइने छ । दोस्रो चरणको खोप अभियानका लागि स्वास्थ्य मन्त्रालयले ६ हजार खोप केन्द्र तोकेको छ ।
 




यसमा तपाइको मत


Comments