16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं आइपुग्यो कोभ्याक्स सुविधाको साढे ३ लाख डोज कोरोना खोप 




काठमाडौं आइपुग्यो कोभ्याक्स सुविधाको साढे ३ लाख डोज कोरोना खोप 

काठमाडौं, २३ फागुन । कोभ्याक्स सुविधाको साढे ३ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ।
खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान आइतबार बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
उक्त विमानले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप ३ लाख ४८ हजार डोज खोप नेपाल ल्याएको छ । 
खोपलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले विमानस्थल पुगेर ग्रहण गरेका छन् । उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो।  
 




यसमा तपाइको मत


Comments