13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सेप्टेम्बरबाट इ–पासपोर्ट, अत्यावश्यक बाहेक एमआरपी नबनाउन र नवीकरण नगर्न आग्रह




सेप्टेम्बरबाट इ–पासपोर्ट, अत्यावश्यक बाहेक एमआरपी नबनाउन र नवीकरण नगर्न आग्रह

काठमाडौं, १२ चैत । सरकारले सेप्टेम्बरदेखि इ–पासपोर्ट दिने भएको छ। राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले पनि जनाएको छ । 
 अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न भनेको छ।
विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार इ–पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ। 
विभागका अनुसार इ–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ। उसले त्रिपुरेश्वरमा मेसिन राखेर पासपोर्ट छाप्ने छ।

यो कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको छ । 


नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने विभागले जनाएको छ । 



Related News


यसमा तपाइको मत


Comments