08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 कम्पनी परिवर्तन गरेका नेपाली कामदार पुनः कोरिया जान पाउने 




 कम्पनी परिवर्तन गरेका नेपाली कामदार पुनः कोरिया जान पाउने 


काठमाडौं, १५ चैत । दक्षिण कोरियामा ईपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आज पाउने भएका छन् ।

यस्तो व्यवस्थासहितको कानुन गएको वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गएको बुधवार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन एमटीयूका अध्यक्ष उदय राईले बताए । 

यसअघिको कानुनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेकाहरु मात्र दोस्रो कार्यकालका लागि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाउँथे ।

नयाँ नियमानुसार कम्पनी सरे पनि केही निश्चित सर्त पूरा गरी कोरिया फेरि आउन पाउने भएका हुन् । कोरिया पुनः प्रवेशका लागि उस्तै प्रकृति भएका अथवा एकै किसिमका काम भएको कम्पनी परिवर्तन गरेका विदेशी कामदार, भाषामा दक्ष र आफूले स्वदेश फर्किनुअघिको कम्पनीमा एक वर्ष निरन्तर काम गरेको हुनुपर्नेलगायतका सर्त राखिएका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments