16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बायोमेट्रिक हाजिरी नमिले श्रम कक्षबाटै फर्काइने   




बायोमेट्रिक हाजिरी नमिले श्रम कक्षबाटै फर्काइने   

काठमाडौं, १८ चैत । अबदेखि वैदेशिक रोजगारका लागि विदेश जाने श्रमिकको बायोमेट्रिक हाजिरी नमिलेमा श्रम कक्षबाटै फर्काइने भएको छ । 
वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई श्रम कक्षबाट फर्काइने भएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले जानु पूर्व तोकिए अनुसारको अभिमुखीकरण तालिम र बायो नलिई प्रमाणपत्र मात्र लिने गरेको र नक्कली बायोमेट्रिक लिई जाने गरेको पाइएको भन्दै वैदेशिक रोजगार विभागले अब यसो गरेमा र श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा फर्काइने जनाएको हो ।  

वैदेशिक रोजगार ऐन र नियमावलीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ । अभिमुखीकरण तालिम दिने संस्थाले समेत तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई तालिम दिनुपर्ने हुन्छ । त्यो हाजिरीको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्छ । 

तर पछिल्लो समय अनिवार्य रूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइएको विभागको भनाइ छ । 

विभागका अनुसार तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको लिएको कारणले विभागको श्रम कक्षमा वैदेशिक रोजगारीमा जाने श्रमिकको हाजिरी विवरण नमिल्ने गरेको छ ।

यसरी हाजिरी नमिल्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट श्रमिक वञ्चित हुनेछन् भने बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकृति लिन समेत गाह्रो हुन्छ । 

साथै गन्तव्य देश सम्बन्धी  जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानुन तथा अन्य आवश्यक जानकारीसमेत नहुँदा श्रमिकलाई नै परदेशमा जोखिम हुन्छ । त्यसैले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिन विभागले आग्रह गरेको छ । 



Related News


यसमा तपाइको मत


Comments