08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विदेश जाने यात्रुले सेल्फ बोर्डिङ लिन र चेकिङ गर्न सक्ने




विदेश जाने यात्रुले सेल्फ बोर्डिङ लिन र चेकिङ गर्न सक्ने


काठमाडौं, १९ चैत । अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुले आफैँ बोर्डिङ पास तथा ब्यागेज सेल्फ चेकिङ गर्न सक्ने भएका छन् । 
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारी अनुसार यात्रुलाई सहजता हुने र प्राधिकरणको आय बढ्ने गरी नयाँ प्रविधि जडान गरिएको छ । 

प्राधिकरणले यस अघि प्रयोग गर्दै आएको ‘सिताज’ प्रविधिको ठाउँमा आफ्नै लगानीका ‘कप्स’ प्रविधि जडान गरेको हो। ‘सिताज’ प्रविधिसँग आय सेयर गर्दै आएको प्राधिकरणले अब सबै आय आफ्नो मात्रा बनाएको छ।
यस प्रविधिको प्रयोगबाट यात्रुले साझा काउन्टर सेवा लिन पाउनेछ। यात्रुले जुनसकुै काउन्टरबाट जुन सुकै एयरलाइन्सको टिकट भए पनि बोर्डिङ तथा ब्यागेज चेकको काम गर्न पाउने छन्।

साथै यात्रुले सेल्फ बोर्डिङ पास तथा सेल्फ चेकिङ आफै गर्न पनि सक्नेछन् । नयाँ प्रविधिको प्रयोगबाट साझा काउन्टर सेवा, सेल्फ बोर्डिङ तथा ब्यागेज चेक गर्न सकिनेछ। नयाँ प्रविधिको प्रयोगको प्रयोगबाट ताकेको भन्दा बढी तौल भएको ब्यागेज स्वतः रिजेक्ट गर्ने तिवारीले बताए । 



Related News


यसमा तपाइको मत


Comments