03 Baishak, 2078 / 16 April , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

नाइजेरियाको जेलबाट १८ सय बढी कैदी भागे




नाइजेरियाको जेलबाट १८ सय बढी कैदी भागे

एजेन्सी । नाइजेरियाको एउटा जेलबाट १८ सयभन्दा धेरै कैदीहरू भागेका छन् । जेलबाट १ हजार ८ सय ४४ कैदी भागेका त्यहाँका अधिकारीहरुले बताएका छन् । आक्रमणकारीले दक्षिण–पूर्वी सहर ओबेरीमा रहेको जेलको प्रशासनिक भवनमा आक्रमण गरेर बन्दुकधारीहरू जेलभित्र प्रवेश गरेका थिए ।

अहिलेसम्म भागेकाहरुमध्ये ६ जना फर्किएका र अरु ३५ जनाले भाग्न अस्वीकार गरेका बीबीसीले जनाएको छ । प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह ुद इन्डिजिनिएस पिपुल अफ बियाफ्राुले आक्रमण गरेको आरोप लगाएको छ ।

पिकअप ट्रक र बस चढेर हतियारसहित आएका आक्रमणकारीहरू ओबेरी कस्टोडियल सेन्टर प्रवेश गरेका र उनीहरुले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेका प्रहरी अधिकारीहरुले बताएका छन् । तर, ुद इन्डिजिनिएस पिपल अफ बियाफ्राुले भने घटनामा आफूहरु संलग्नता नरहेको प्रतिक्रिया दिएको छ ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti