15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 ओमान प्रवेशमा कडाइ, विदेशी नागरिकलाई प्रतिबन्ध




 ओमान प्रवेशमा कडाइ, विदेशी नागरिकलाई प्रतिबन्ध


काठमाडौं, २४ चैत । ओमानमा कोरोना जोखिम बढेसँगै ८ अप्रिल २०२१, बिहीबार मध्यान्‍न १२ बजेदेखि लागू हुने गरी ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकहरूबाहेक विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कोरोना (कोभिड)१९– भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको सोमबारको बैठकले उक्त निर्णय गरेको हो । सम्पूर्ण व्यापारिक गतिविधिहरू साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने यस अघिको निर्णय यथावत राख्दै बैंठकले उक्त समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा लगाएको प्रतिबन्ध ८ अप्रिल देखि लागु हुने गरी खारेज गरेको छ । 

ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवधिभर लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाएको छ । 

मस्जिदहरूमा जम्मा भएर गरिने प्रार्थनामा प्रतिबन्ध लगाएको छ भने मस्जिद लगायतका अन्य सार्वजनिक स्थलहरूमा जम्मा हुन तथा भेला गर्न प्रतिबन्ध लगाएको छ । रमादानको अवधिभर सामाजिक तथा साँस्कृतिक कार्यक्रम, खेलकुद लगायत सम्पूर्ण सामूहिक गतिविधिहरू गर्न प्रतिबन्ध लगाएको छ । 



Related News


यसमा तपाइको मत


Comments