12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतमा एकैदिन थप ‍१ लाख १५ हजार जनामा कोरोना संक्रमण




भारतमा एकैदिन थप ‍१ लाख १५ हजार जनामा कोरोना संक्रमण


काठमाडौं, २५ चैत । भारतमा एकैदिन थप ‍१ लाख १५ हजार २४९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।
२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या हालसम्मकै धेरै भएको बताइएको छ। यसअघि गत आइतबार चैत २२ मा १ लाख ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको थियो।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २७ लाख ९९ हजार ७४६ पुगेको छ। त्यसैगरी हालसम्म १ करोड १७ लाख ८९ हजार ७५९ जना संक्रमणमुक्त भएको बताइएको छ। भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ७७९ छ।

पछिल्लो २४ घण्टामा ६३१ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारणज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार २०८ पुगेको छ।



Related News


यसमा तपाइको मत


Comments