16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कुकरभित्र झन्डै १ किलो सुन,  विमानस्थलबाट पक्राउ परे महरा




कुकरभित्र झन्डै १ किलो सुन,  विमानस्थलबाट पक्राउ परे महरा

काठमाडौं, २५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राइस कुकरमा झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना पक्राउ परेका छन्।

मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो । 

उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो। 




यसमा तपाइको मत


Comments