03 Baishak, 2078 / 16 April , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

 पश्चिमी वायुको आंशिक प्रभाव




 पश्चिमी वायुको आंशिक प्रभाव


काठमाडौं, २६ चैत । देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। देशको पहाडी भू–भागहरूमा आंशिक बदली  रहेको छ साथै देशका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।


बिहीबार देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली  रहने छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू(भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।

शुक्रबार देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू(भागमा मौसम सफा  रहने छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti