07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतमा एकै दिन थपिए  १ लाख ३१ हजार बढी संक्रमित 




भारतमा एकै दिन थपिए  १ लाख ३१ हजार बढी संक्रमित 

एजेन्सी । भारतमा एकै दिन हालसम्मकै बढि कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख ३१ हजार ३९८ जनामा कोरोना  संक्रमण देखिएको हो। 

यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ८९ हजार र अमेरिकामा ८० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ८०२ जनाले ज्यान गुमाएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको बताइएको छ।



Related News


यसमा तपाइको मत


Comments