15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रकार महासंघ निर्वाचन, ४० जिल्लामा विपुल प्यानलको अग्रता(मत परिणामसहित)




पत्रकार महासंघ निर्वाचन, ४० जिल्लामा विपुल प्यानलको अग्रता(मत परिणामसहित)


काठमाडौं, २७ चैत । नेपाल पत्रकार महासंघको निर्वाचनमा ४० जिल्लामा विपुल पोखरेलको प्यानलले अग्रता लिएको छ । शुक्रबारसम्मको मतगणनामा पोखरेलको प्यानलले ४० जिल्लामा अग्रता लिएको हो ।
यी मध्ये धेरै जिल्लामा अध्यक्षसहितका उम्मेद्वार विजयी भइसकेका छन् । केन्द्रमा सबै सबै जिल्लाको जानकारी आइपुग्न बाँकी रहेको महासंघको निर्वाचन समितिले जनाएको छ ।

महासंघको निर्वाचन कार्यसमितिको विवरण अनुसार अध्यक्षमा पोखरेलको अग्रता झण्डै दोब्बर छ । अध्यक्षमा पोखरेलले २५ सय मत पाउँदा उनका प्रत्यासी निर्मला शर्माले १४ सय मत पाएकी छन् । यस्तै स्वतन्त्रमा गजेन्द्र बुढाथोकीले ११९ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा विपुल प्यानलबाट रमेश बिष्टले २४ सय मत पाउँदा उनका प्रत्यासी माधव नेपालले १३ सय मत प्राप्त गरेका छ्न । यस्तै महासचिवमा विपुल प्यानलका उम्मेद्वार रोशन पुरीले २२ सय मत पाउँदा उनका प्रत्यासी बालकृष्ण बस्नेतले १४ सय मत पाएका छन् ।

दलित सचिवमा विपुल प्यानलका हेमकर्ण विश्वकर्माले २२ सय मत पाउँदा उनका प्रत्यासी मधु शाहीले १५ सय मत पाएकी छन् । कोषाध्यक्षमा विपुल प्यानलका उम्मेद्वार कलेन्द्र सेजुवालले २१ सय मत पाउँदा उनका प्रत्यासी कृष्ण गिरीले ११ सय मत पाएका छन् ।

यस्तै लेखा समिति संयोजकमा विपुल प्यानलबाट लेखनाथ न्यौपानेले दुई हजार मत पाउँदा उनका प्रत्यासी द्धारिका काफ्लेले ११ सय मत पाएका छन् । लेखा समितिका स्वतन्त्र उम्मेद्वार लक्ष्मण कार्कीले भने पाँच सय ५१ मत पाएका छन् ।

७७ वटै जिल्लामा बुधबार भएको चुनावको मतगणना जारी छ । 

 




यसमा तपाइको मत


Comments