15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर आगामी बुधबारदेखि बन्द हुने 




गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर आगामी बुधबारदेखि बन्द हुने 

काठमाडौं, ३० चैत । काठमाडौं गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्।  बसपार्कका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको काउन्टरमा परिवर्तन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउन्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन्। 

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउन्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए। 

नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउन्टर सञ्चालनमा छन्। टिकट काउन्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउनसमेत उनले यातायात कम्पनीलाई आग्रह गरे। 




यसमा तपाइको मत


Comments