11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित




कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, ३० चैत ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। सोमबार दिउँसो २ बजे केन्‍द्रीय कार्यालयमा बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको मृत्यु भएका कारणले बैठक स्थगित गरिएको बताए। उनका अनुसार नयाँ मिति तय भएको छैन।

यसअघि शुक्रवारका लागि तोकिएको बैठकलाई आजलाई सारिएको थियो। शुक्रवार तीन दलको बैठक हुने भएपछि पार्टी सभापति शेरबहादुर देउवाले आजका लागि केन्द्रीय समिति डाकेका थिए।

आइतबार महाधिवशेन केन्द्रीत भएर कांग्रेसको पदाधिकारी बैठक बसेको थियो। कांग्रेसमा यतिबेला क्रियाशील सदस्यता विवाद कायमै रहेको छ।




यसमा तपाइको मत


Comments