12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चितवनमा ट्याक्टर दुर्घटना, मृत्यु हुनेको संख्या ६ पुग्यो




चितवनमा ट्याक्टर दुर्घटना, मृत्यु हुनेको संख्या ६ पुग्यो


चितवन, ३० चैत । चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । पछिल्लो समय चितवनको राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठको मृत्यु भएको हो।
आइतबार साँझ भएको दुर्घटनामा राप्ती नगरपालिकाकै वडा नम्बर ५ का ३५ वर्षीय खड्क लामा,  सोही नगरपालिकाकै वडा नम्बर ४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, चितवनकै खैरहनी नगरपालिका–९ का ४० वर्षीय गगन महतो, सोही नगरपालिकाकै वडा नम्बर ९ बैरहनीकी ५० वर्षकी छनिया महतो र नामथर वतन नखुलेका २४२५ वर्षका पुरुषको मृत्यु भएको थियो । 

दुर्घटनामा १९ जना घाइते भएका छन्, तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

रौतहटको दिपहीका १९ वर्षीय अरुण राम, दिबहीकै २७ वर्षीय विजय राम, बाराको कचौराहा गाउँपालिका–८ का २७ वर्षीय रामआधार राम, चितवनको राप्ती नगरपालिका–४ बस्ने वर्ष ३० का नीरबहादुर श्रेष्ठ, मकवानपुरको राक्सिराङ गापा–७ का २४ वर्षीय रमन चेपाङ, बाराको कोल्हबी नपा–५ का  ३२ वर्षीय प्रभुकुमार राम र नामथररवतन खुल्न नसकेका २४/२५ वर्षका व्यक्तिको अवस्था गम्भीर छ।

मध्यम अवस्थाका घाइतेमा चितवन खैरहनी नपा–७, मझुहीका २६ वर्षीय ट्याक्टर–चालक राजन चौधरी, रौतहटको मधुनारायण नपा–१  का २२ वर्षीय पप्पु महरा, चितवनको खैरहनी–९ का २५ वर्षीया मञ्जु चौधरी, सोही स्थान बस्ने २१ वर्षकी सरिता चौधरी, बाराको सिम्रनगढ नपा–५ का २१ वर्षीय अवधेश पासवान, सोही नपा वडा नम्बर ८ बस्ने वर्ष २३ का शिवजीकुमार राम, बाराको बुद्धगाउँ नपा–८ का २० वर्षीय विराज चौधरी, मकवानपुरको कान्द्राङ गापा–४ का २० वर्षीय रङलाल प्रजा,  मकवानपुरकै सिलिङे गापा-६ का वर्ष २५ का दानिर प्रजा, रौतहटको दिपही–१ का वर्ष २४ का नागेश्वर चमार, मकवानपुरको राक्सिराङ गापा(२ वर्ष ४२ का अजय सिंजाली र रौतहट दिपही–२ का वर्ष १४ का नितेश राम छन्।

घाइतेहरूको अहिले चितवनकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार राप्ती नगरपालिका–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। 
 



Related News


यसमा तपाइको मत


Comments