07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरियामा ६२ हजार नेपालीसहित विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थप




कोरियामा ६२ हजार नेपालीसहित विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थप

काठमाडौं, ३१ चैत । कोरियामा नेपालीसहित ६२ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपिने भएको छ । कोरियामा कार्यरत भिसा समाप्त हुने चरणमा पुगेका  ई–९ र एच –२ भिसाधारी ६२ हजार आप्रवासी श्रमिकलाई एक वर्ष भिसा थप गरिदिने निर्णय गरेको छ।
कोरिया आउने सम्पूर्ण चरण पार गरेका १६ देशका नयाँ कामदार ल्याउन कोरोना महामारीका कारण अवरोध भएपछि सम्भावित श्रमिक अभावलाई पूर्ति गर्न यस्तो निर्णय आएको यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियन (एमटीयू)ले जानकारी दिएको छ।

यहाँको सरकारले आप्रवासी श्रमिक कोरोना महामारीका कारण स्वदेश फिर्ता हुन कठिनाइ भएको र नयाँ श्रमिक ल्याउनसमेत समस्या भएको भन्दै पुरानै श्रमिकको भिसा बढीमा एक वर्ष थप गर्नेगरी कानुन पारित गरेको थियो। उक्त कानुन अप्रिल १३ अर्थात् मंगलबारबाट लागू भएको छ।

यो नियम लागू भएसँगै अब सन् २०२१ को डिसेम्बर ३१ सम्ममा तीन वर्ष वा चार वर्ष १० महिनाको भिसा अवधि समाप्त हुने श्रमिमको भिसा स्वतः एक वर्ष थप हुने भएको छ । 



Related News


यसमा तपाइको मत


Comments