16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अमेरिकाले सेप्टेम्बर ११ सम्म अफिगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउने 




अमेरिकाले सेप्टेम्बर ११ सम्म अफिगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउने 

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफिगानिस्तानबाट आफ्ना सैनिक आउँदो सेप्टेम्बर ११ सम्ममा फिर्ता बोलाउने घोषणाको तयारी गरेको अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन् । गएको वर्ष तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र तालिबानबिच भएको सहमति अनुसार मेसम्ममा सबै अमेरिकी सैनिक फिर्ता गर्नु पर्ने थियो । तर सो समयसीमा पूरा नहुने देखिएको छ ।

बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता बोलाउने योजनासहितको नयाँ समय तालिका सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको आतंकवादी आक्रमणको २० औँ वर्षगाँठ पारेर सैनिक फिर्ता बोलाउने नयाँ समय सीमा तय गरिएको अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।



Related News


यसमा तपाइको मत


Comments