12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यस्तो छ कोरोनाको दोस्रो लहरको अवस्था : डा. पाण्डे




यस्तो छ कोरोनाको दोस्रो लहरको अवस्था :  डा. पाण्डे

-डा.रवीन्द्र पाण्डे-

गतसाल फैलिएको महामारीभन्दा अहिलेको फरक छ । लक्षणविहिन धेरै छन् भने लक्षण देखिएका गम्भीर भएर अस्पताल भर्ना भएका छन्  ।बेलायतको नयाँ प्रजातिले बालबालिका तथा युवालाई तुलनात्मक रुपमा धेरै असर गरेको छ । बेलायतको प्रजाति गत सालको कोरोना भाइरसभन्दा ७० प्रतिशत धेरै संक्रामक छ | दीर्घरोग नभएका व्यक्ति पनि गम्भीर भएर अस्पतालमा छन् । गतसाल देखिएका कोभिड्का लक्षण यसपटक फरक छन् | यसपटक ज्वरो, खोकी नभएपनि पखाला, बान्ता, थकान, बिमिरा आदि लक्षणमात्र भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ |

- कुनै लक्षण देखियो भने वा संक्रमितसंग भेट भएको अवस्था भए परीक्षण गर्न ढिलो नगरौं |

May be an image of one or more people, hair, suit and outerwear

- केहि बालबालिकालाई लक्षण नदेखिएर एक्कासी निमोनिया देखिएको र जांच गर्दा कोभिड पुष्टि भएको छ |

- केहि संक्रमितलाई पटकपटक पिसिआर नेगेटिभ देखिएपनि कोभिड निमोनिया भएर फोक्सो ड्यामेज भएको उपचाररत चिकित्सकले बताएका छन् |

- हरेक अस्पतालमा संक्रमितको चाँप बढेको छ |

- भारतसंग धेरै देशको हवाइ सम्पर्क बन्द छ | दैनिक हजारौं भारतीय नेपाल आएर अरब लगायतका देशमा जाँदैछन् | भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी र परीक्षणमा चुक्नु हुँदैन | सिमानाकामा ब्यापक कडाइ / परीक्षण / क्वारेन्टिन / आइसोलेसनको पूर्ण तयारी गर्न ढिलो गर्नु हुँदैन |

- संक्रमण थोरै भएको बेला कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी हुन्छ | अहिले कन्ट्याक्ट ट्रेसिंग निकै फितलो छ | सरकार मापदण्ड पालनाको लागि कडा नहुने हो भने यो पटकको लहरले ठूलो क्षति गर्ने सम्भावना छ |

- जनस्वास्थ्यका मापदण्डमा कडाइ, अनुगमन, निगरानी तथा जरिवाना नगर्ने देश नेपाल मात्र हो |

- संक्रमण फैलिएपछि दुख पाउनुभन्दा संक्रमण रोकथामको लागि सरकार र नागरिक अत्यन्तै जिम्मेवार हुनु जरुरी छ | गतसाल गरेका गल्ती दोहोर्याउनु भएन |

- हामी आम नागरिक अत्यन्तै जिम्मेवार हुनु जरुरी छ | हाम्रै लापरबाहीले संक्रमण सर्ने हो | संक्रमित भएर भौतिक, आर्थिक, मानसिक लगायत असर भोग्नुपर्ने हामीले नै हो | तसर्थ हामी अत्यन्तै जिम्मेवार भएर अनिबार्य रुपमा नाक र मुख छोपिने गरि डबल मास्क लगाऔं | मान्छेबाट मान्छेमा सर्ने भएकोले मान्छेसँग दुरी कायम गर्न नचुकौं |

- जोखिम अवस्थामा बिद्यालय बन्द गरेर भएपनि बालबालिकालाई बचाउनु पर्दछ | एक बर्ष पढाइ ढिलो भए केहि असर होला तर जीवन अमुल्य छ | अनलाइन पढाइको बिकल्प छैन | बिद्यालयबाट संक्रमण घरघरमा पुग्यो भने अकल्पनीय अवस्था हुनसक्छ |

- धेरै दौडधुप गरेर जोखिम मोल्नुभन्दा सम्भव भएसम्म घरमा बस्ने बानी गरौँ | कार्यस्थललाई सुरक्षित बनाऔं |

- सरकारले जारी गरेका सुचना तथा निर्देशन पालना गरौँ | आधिकारिक संस्था वा विज्ञको मात्र कुरा सुनौं | भ्रमको पछाडि नलागौं | भ्रम सबैभन्दा घातक महामारी हो |

- पाएसम्म कोरोनाको खोप लगाएर सुरक्षित बनौं | यसको अतिरिक्त इन्फ्लुएन्जा र निमोनियाको खोप पनि लगाऔं |

- पौष्टिक खाना, व्यायाम, निद्रा, सकारात्मक सोंच तथा प्रकृतिको उपभोग नै सबैभन्दा ठूलो इम्युन बुस्टर हुन् |

- नलागुन्जेल कोभिड केहि होइन | लागेपछि बर्बाद हो | आइसीयुबाट फर्केका व्यक्तिलाई थाहा हुन्छ. कोभिड के हो भन्ने ?

- देश लकडाउनको बाटोमा जानु हुँदैन | लकडाउनमा नजानको लागि जनस्वास्थ्य मापदण्ड पालना गर्ने / गराउने प्रमुख उपाय हो |

यो पटक एकदम सिरियस बनौं । डर / त्रास / अत्यास मानेर हैन, योजनापूर्वक सतर्क बनौं |

सबैले प्रण गरौँ – म संक्रमित हुनेछैन, मेरो परिवार र समाजलाई मैले बचाउनेछु |



Related News


यसमा तपाइको मत


Comments