16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

'कोरोना दोस्रो लहरः सिमाना पुरै बन्द गर्नुको विकल्प छैन'




'कोरोना दोस्रो लहरः सिमाना पुरै बन्द गर्नुको विकल्प छैन'

डा.रवीन्द्र पाण्डे

- नेपालमा नयाँ प्रजातिका कोरोना भाइरसको कारण हामी अप्ठ्यारो मोडमा पुगेका छौं | कन्ट्याक्ट ट्रेसिंग तथा समुदायमा परीक्षण नहुँदा पनि संक्रमितको संख्या तीब्रगतिमा बढिरहेको छ | यो बढोत्तरी निकै माथि पुग्ने स्वास्थ्य मन्त्रालयले पनि पटकपटक जानकारी गराएको छ |

- छिमेकी देश भारतको स्वास्थ्य प्रणाली फेलरको अवस्थामा पुगेको छ | भारतसंग विश्वका अधिकांश देशले उडान बन्द गरेका छन् र भारतीय नागरिकको प्रबेशमा अस्थायी रोक लगाएका छन् | सरकारले यसतर्फ सोंच्नु जरुरी छ | सिमाना पुरै बन्द गर्नुको बिकल्प छैन | भारतमा अक्सिजन र औषधिको चरम अभाव हुँदैछ | तसर्थ सरकारले अक्सिजन तथा जीवनरक्षक औषधि स्टोर गर्नु जरुरी छ |

May be an image of one or more people, hair, suit and outerwear

- दीर्घबिरामीले ६ महिना पुग्ने औषधि किनेर स्टक राख्नुहोला |

- सकभर घरभित्र बस्नुहोला | सम्भव भएसम्म घरबाहिर ननिस्कनुहोला |

- बालबालिकालाई घरभित्र नै राख्नुहोला | पसलमा तथा खेल्ने ठाउँमा नपठाउनुहोला |

- सानोतिनो समस्यामा अस्पताल / स्वास्थ्य केन्द्र / क्लिनिक नजानुहोला | पछि गर्न मिल्ने अप्रेसन सार्नुहोला |

- सकभर सार्वजनिक साधनको प्रयोग नगर्नुहोला | गर्ने परेमा डबल मास्क लगाएर तथा तथा स्यानिटाइजर प्रयोग गरिरहनुहोला |

- डबल मास्क लगाएर, दुरी कायम गरेर, भीडमा नगएर, भेटघाट / आवतजावत बन्द गरेर, भेन्टिलेसन पर्याप्त भएको ठाउँ प्रयोग गरेर तथा हात सफा गर्दै अत्यावश्यक काममा जानुहोला |

- प्रयोग गरेको मास्क खल्तीमा राखेर घरमा भाइरस नभित्र्याउनुहोला | जथाभावी मास्क नफाल्नुहोला | प्रयोग गरेको मास्क गाडेर वा फोहोरको थुप्रोमा राखेर असल नागरिकको दायित्व पुरा गर्नुहोला |

- सकभर घरबाटै काम गर्नुहोला |

- यो नयाँ प्रजातिको महामारी गतसालको भन्दा निकै संक्रामक तथा घातक छ | पोहोरसाल जस्तै पेलिन्छ भन्ने नसोंच्नुहोला |

- नयाँ प्रजातिको कारण बालबालिका, युवा तथा हरेक बर्गका व्यक्तिलाई निकै गाह्रो भएर अस्पतालमा भर्ना हुनुपरेको छ | हट्टाकट्टा व्यक्तिलाई पनि कोभिड निमोनिया भइरहेको छ |

- हामीले जनस्वास्थ्यका मापदण्ड पूर्णत पालना गरेनौं भने अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ | उपचार खर्चिलो, दुर्लभ तथा जोखिमपूर्ण बन्दैछ | तसर्थ रोकथामको लागि हरेक नागरिक जिम्मेवार हुनुको बिकल्प छैन |

- सरकारले समयसमयमा दिएका निर्देशन पालना गर्नुहोला | पाएसम्म खोप लगाउनुहोला |

- खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे संक्रमण हुनसक्छ | खोपले पुरानो प्रजातिको लागि काम गर्ने हो | नयाँ प्रजातिमा कम प्रभावकारी छ | खोप लगाएको व्यक्तिलाई संक्रमण भएमा गम्भीर हुने अवस्था सामान्यतया कम हुन्छ |

- हरेक टोल सुधार समिति, वडा, पालिका, क्लब, संस्था आदिले टोलटोलमा जनजागरणका कार्यक्रम संचालन गर्नुहोला |

- कोरोना भाइरस सबैभन्दा धेरै नाकबाट सर्छ | तसर्थ मास्क लगाउँदा नाक र मुख राम्रोसंग छोपिने गरि लगाउनुहोला \ तदनुरूप सल्लाह दिनुहोला |

- बैठक, भोजभतेर, जमघट नगर्नुहोला |

- परिवारमा एकजना संक्रमित भएमा सबैले परीक्षण गर्नुहोला | अहिले पुरै परिवार संक्रमित भएको अवस्था छ |

- कोरोना रोक्ने वा च्वाट्ट निको गर्ने कसैले भन्छ भने त्यो गलत हो | भ्रममा नपर्नुहोला |

- इम्युनिटी पावर बढाउने भनेर जथाभावी औषधि सेवन नगर्नुहोला | पोषिलो खाना, व्यायाम, आराम, निद्रा तथा तनाबरहित जीवनशैली नै आत्मबल बढाउने प्रमुख उपाय हुन् |

- कोरोना महामारीको बारे फैलाउने भ्रमको पछि नलाग्नुहोला | भ्रमको कारण संक्रमण धेरै बढेको छ |

- कोरोना संक्रमण हुन्छ कि भनेर नआत्तिनुहोला | आफुले सतर्कता अपनाएमा रोकथाम गर्न सकिन्छ |

- पिसिआर पोजिटिभ भएमा अत्यास नमान्नुहोला | तापक्रम, अक्सिजनको मात्रा नाप्ने, लक्षण अनुसारको औषधि सेवन गर्ने तथा गाह्रो भएमा अस्पताल जानुहोला | जथाभावी एन्टिबायोटिक लगायतका औषधि नखानुहोला | चिकित्सकको सल्लाह अनुरुप मात्र औषधिको सेवन गर्नुहोला | असम्बन्धित व्यक्तिले भनेको कुनैपनि औषधि सेवन नगर्नुहोला |

- एम्बुलेन्स, चिकित्सक तथा अस्पतालको फोन नम्बर राख्नुहोला | गाह्रो भएमा कुन अस्पताल जाने भनेर योजना बनाउनुहोला | यसले तनावलाई कम गर्छ |

- घरका जेष्ठ नागरिक, दीर्घबिरामी, अशक्त तथा बालबालिकालाई सकभर घरभित्र आइसोलेसनमा राख्नुहोला |

- कोरोना संक्रमण सर्ने आफन्त, साथी तथा छिमेकीबाट हो | प्रत्येक व्यक्तिलाई संक्रमित भएको ठानेर जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र भेट्नुहोला | लक्षण नदेखिने अवस्थामा यो रोग धेरैलाई सर्दछ |

- अनाबश्यक तनाब नलिनुहोला | यसको मृत्युदर कम छ | योजनाबद्ध रुपमा आफु तथा आफ्नो परिवारलाई सुरक्षित गर्नुहोला |

- हामी सबैले एकले अर्कोलाई सहयोग गरेर मानवताको उच्च उदाहरण बनौं | विषम परिस्थिति केहि समयपछि हट्छ | आगामी २ – ३ महिना धैर्य, संयम र सतर्क बनौं |

- सरकारले पुरै शक्ति लगाएर जनस्वास्थ्यका मापदण्ड पालना गराउने, अस्पतालको क्षमता बढाउने तथा निशुल्क उपचारको प्रबन्ध गर्ने काम गरोस् |

 



Related News


यसमा तपाइको मत


Comments