07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुला–बेहुलीसहित १२ जना घाइते




बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुला–बेहुलीसहित १२ जना घाइते

बैतडी, १३ वैशाख। बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जीप दुर्घटना भएको छ । दुर्घटनामा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० जना सामान्य र दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनका अनुसार दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ ।



Related News


यसमा तपाइको मत


Comments