07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपाल–भारतबीचका २२ नाका बन्द गर्ने सीसीएमसीको निर्णय




नेपाल–भारतबीचका २२ नाका बन्द गर्ने सीसीएमसीको निर्णय


काठमाडौं, १७ वैशाख । नेपाल–भारतबीचका २२ नाका बन्द गरिने भएको छ ।  शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको हो । 

काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ ।

बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने र सरकारी कार्यालय पनि एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले संघीय मन्त्रीहरुलाई प्रदेशसँग समन्वय गर्न सिफारिस गरेको छ ।




यसमा तपाइको मत


Comments