13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

२३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द, भिसा लागिसकेका श्रमिक पनि रोकिने 




२३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द, भिसा लागिसकेका श्रमिक पनि रोकिने 

२० वैशाख, काठमाडौं । वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरु रोकिने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका हुन् ।

यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदमा आएका श्रमिकहरु पनि वैशाख मसान्तसम्म यतै रोकिने निश्चित भएको छ । हवाई उडान बन्द हुने भए पनि हालसम्म श्रम स्वीकृति दिने क्रम भने बन्द भएको छैन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बन्द गर्ने विषय छलफलकै क्रममा रहेको बताएका छन् । 
 



Related News


यसमा तपाइको मत


Comments