07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोनाका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित




कोरोनाका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित


काठमाडौं, २१ वैशाख । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो ।

बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्दिमन शाहलाई कोरोना संक्रमण देखिएको थियो । त्यसअघि कोलकता नाइट राइडर्सका दुई खेलाडी र चेन्नईका बलिङ प्रशिक्षकसहित ३ जनालाई संक्रमण देखिएको थियो ।

बीसीसीआईले आईपीएलमा सहभागी खेलाडी, सहयोगी कर्मचारी र आईपीएल खेल सञ्चालनमा संलग्न अन्य सहभागीको सुरक्षामा सम्झौता गर्न नचाहेको जनाउँदै उनीहरुको सुरक्षा, स्वास्थ्य र सबै सरोकारवालाहरुको हितलाई ध्यानमा राख्दै यो निर्णय लिइएको जनाएको छ ।

बीसीसीआईले अब सबै खेलाडी घर पर्किने बताएको छ । 



Related News


यसमा तपाइको मत


Comments