12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मलेसियामा नेपालसहित तीन राष्ट्रहरुका नागरिकहरुलाई भ्रमण गर्न प्रतिबन्ध 




मलेसियामा नेपालसहित तीन राष्ट्रहरुका नागरिकहरुलाई भ्रमण गर्न प्रतिबन्ध 

काठमाडौं, २३ वैशाख । मलेसियाले नेपाल लगायत दक्षिण एशियाका तीन राष्ट्रहरुका नागरिकहरुलाई त्यहाँको भ्रमण गर्नलाई प्रतिबन्ध लगाउने भएको छ। मलेसियाले नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तानका नागरिकहरुलाई आफ्नो देशको भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएपछि भारतसँगको हवाई उडान अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको केहि दिन लगत्तै मलेसियाले यी देशहरुका नागरिकहरुलाई भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

मलेसियाका सिनियर मन्त्री दातुक सेरी इस्माइल सब्री याकुबले यो निर्णय भएको घोषणा गरेको मलेसियाको संचार माध्यम द स्टारले जनाएको छ। यद्दपी यो निर्णय लागू हुने मितिबारे मन्त्री याकुबले केहि उल्लेख नगरेको द स्टारले जनाएको छ। 

लामो समयको सामाजिक भिजा, व्यवसायिक भिजा तथा सामाजिक भिजा लगायतका सबै प्रकारका भिजा भएका यी चार देशका नागरिकहरुको भ्रमणमाथि प्रतिबन्ध लाग्ने छ। यद्दपी भियना कन्भेसना डिप्लोम्याटिक रिलेशन १९६१ बमोजिमका डिप्लोम्याट पासवर्ड र उच्च अधिकारिहरुको भ्रमणमा भने प्रतिबन्ध रहनेछैन। 

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएपछि गत अप्रिल २८ देखि मलेसियाले अस्थायी रुपमा भारतसँगको सबै प्रकारका हवाई उडानमाथि प्रतिबन्ध लगाएको छ। हवाई उडान मात्र नभई समुन्द्री मार्गका साथै भारतका कामदारहरु माथि समेत मलेसियाले अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ।  



Related News


यसमा तपाइको मत


Comments