13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काबुलमा बिस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु    




काबुलमा बिस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु    

एजेन्सी । अफगानिस्तानको काबुलस्थित एक माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ ।     
प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त बिस्फोटमा अरु १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।     
काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा बिस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम बिस्फोटजस्तो देखिएको बताए ।  अन्य दुई वटा बिस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताए । 
विद्यार्थीहरु विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जानै लाग्दा बिस्फोट भएको छ । अधिकांश पीडितहरु विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ । बाटो हिँड्ने व्यक्तिहरुको पनि मृत्यु वा घाइते भएका प्रहरीको भनाई छ ।   



Related News


यसमा तपाइको मत


Comments