13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जन्मदिन पार्टीमा अन्धाधुन्ध गोली चल्दा अमेरिकामा ६ जनाको मृत्यु




जन्मदिन पार्टीमा अन्धाधुन्ध गोली चल्दा अमेरिकामा ६ जनाको मृत्यु


एजेन्सी । अमेरिकाको कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ । 

एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको र उनले आफूलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीको पनि ज्यान गएको छ । घटना के कारणले भयो भन्ने बारे केही खुलाइएको छैन ।

यस्तै, आक्रमणकारीको पनि पहिचान खुलाइएको छैन । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका आक्रमणकारीले गोली चलाएका बीबीसीले जनाएको छ ।



Related News


यसमा तपाइको मत


Comments