12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

डा. भट्टराई भन्छन्, ‘सबै दलको सहभागितामा सरकार गठन गरी एक वर्षभित्रै चुनाव गरौं’




डा. भट्टराई भन्छन्, ‘सबै दलको सहभागितामा सरकार गठन गरी एक वर्षभित्रै चुनाव गरौं’

काठमाडौं, २९ वैशाख । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका छन्।
सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईको भनाइ छ। यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन सकेका थिएनन्। यससँगै ओलीको प्रधानमन्त्री पद स्वतः गएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै पटकपटक प्रधानमन्त्री भइसकेका छन्।
भट्टराई पनि यसअघि नै प्रधानमन्त्री भइसकेका छन्। उनले ओली, देउवा, प्रचण्ड र आफूसमेत प्रधानमन्त्री नहुने गरी नयाँ विकल्प खोज्नुपर्ने प्रस्ताव अगाडि सारेका छन्। उनको दलका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव अहिलेसम्म प्रधानमन्त्री भएका छैनन्।

देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बन्नुपर्ने भट्टराईको प्रस्ताव छ। साथै दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर जान सकिने उनी बताउँछन्।

 

देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!

— Baburam Bhattarai (@brb1954) May 12, 2021



यसमा तपाइको मत


Comments