06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थपिए ९ हजार ३ सय ५ कोरोना संक्रमित, १६८ जनाको मृत्यु




थपिए ९ हजार ३ सय ५ कोरोना संक्रमित, १६८ जनाको मृत्यु


काठमाडौं, २९ वैशाख। नेपालमा बुधबार ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ६ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २ सय ३८ र ४२४ एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो।

पकोरोनाबाट देशभर १६८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ।

हाल देशभर १ लाख १ हजार ६३४ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ४४४ जना कोरोना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।




यसमा तपाइको मत


Comments