15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पुरानो नैकापमा पर्खाल भत्किँदा दुईजनाको मृत्यु




पुरानो नैकापमा पर्खाल भत्किँदा दुईजनाको मृत्यु

काठमाडौं, १९ जेठ । काठमाडौको पुरानो नैकापमा पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१३ स्थित कंकालीमा पर्खाल भत्किँदा उदयपुरको बेलुवा ८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका ९ का २० वर्षीय टेकबहादुर चेपाङको मृत्यु भएको हो।

महानगरीय प्रहरी प्रभाग बलम्बुका अनुसार प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासि पर्खाल खसेर उनीहरुको मृत्यु भएको हो ।

पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका २ का १८ वर्षीय हरि घले घाइते भएका छन् । उनीहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



Related News


यसमा तपाइको मत


Comments